प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी वीरेन्द्र गोदारको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई सम्पन्न

3.68K
shares

काठमाडौ ।   प्रहरी वृत्त बानेश्वरका प्रमुख डिएसपी वीरेन्द्र गोदारको प्रमुख आतिथ्यतामा  नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी वृत्त नयाँबानेश्वर, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर ३१ र १० को संयुक्त आयोजना साथै बुद्धनगर टोल सुधार समिति र बिभिन्न सामाजिक संघ संस्थाहरूको सहकार्यमा कामपा. १० बुद्धनगर स्थित बुद्धनगर टोल सुधार समितिको भवन, सुवर्ण पार्कमा उक्त समितिका अध्यक्ष पृयनाथ खनालको अध्यक्षता रहेकाे थियाे।

उक्त नागरिक सुनवाई कार्यक्रममा सामुदायिक सेवा समिति बानेश्वर १० का अध्यक्ष एवं बाग्मति प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठको बिशिष्ठ आतिथ्यता, कामपा. वडा नं १० का वडा अध्यक्ष रामकुमार केसी, ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्सपेक्टर सुर्य पौडेल, दुबै वडाका जनप्रतिनिधिहरू, सामुदायिक सेवा समितिका पदाधिकारीहरू, होस्टेल ब्यवसायी संघका पदाधिकारीहरू समेतको आतिथ्यता र बिभिन्न टोल सुधार समिति, महिला समुहहरू, बिभिन्न शैक्षिक एवं सामाजिक संस्थाहरू, स्थानियहरू र व्यबसायीहरूको वृहत उपस्थिति रहेको थियोे ।