मधेश प्रदेश प्रहरी कार्यालयद्वारा कार्य सम्पादन सम्झौता प्रगति समिक्षा कार्यक्रम सम्पन्न
जनकपुर । मधेश प्रदेश प्रहरी कार्यालयद्वारा कार्य सम्पादन सम्झौता प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले मधेश प्रदेश स्थित मातहतमा रहेका प्रहरी कार्यालयका प्रमुखहरुसँग चालु आ.व.२०८१/०८२ को कार्य सम्पादन सम्झौता प्रगति समिक्षा कार्यक्रम सम्पन्न गर्नु भएको हाे।
कार्य सम्पादन सम्झौता भएका प्रहरी कार्यालयका प्रमुखहरुले आ-आफ्नो कार्यालयबाट गरेको कार्य प्रगतिको अवस्था बारेमा प्रस्तुतीकरण गर्नुको साथै मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुबास चन्द्र बोहराले चालु आ.व.२०८१/०८२ को कार्य सम्पादन सम्झौताको मंसिर मसान्त सम्मको मातहत प्रहरी कार्यालयहरुले गरेका कार्यप्रगति बारेमा तुलानात्मक प्रस्तुतिकरण गर्नु भएको थियोे ।
साथै मधेश प्रदेश प्रहरी प्रमुखद्वारा मातहतका कार्यालयहरूलाई कार्य सम्पादन सम्झौता बमोजिम तोकिएको समयसिमा भित्र लक्ष्य हासिल गर्न र समसामयिक विषयवस्तुको बारेमा निर्देशन समेत दिनु भएको थियाे ।
२४ पुस २०८१, बुधवार २०:१३ बजे प्रकाशित