नेपाल प्रहरी भनेको देश र जनताको लागि निस्वार्थ सेवा गर्ने पवित्र संगठन हो : आईजीपी दीपक थापा

Nepal Life Insurance Long Ad

काठमाडौ । नेपाल प्रहरी भनेको जनताको सेवा गर्ने पवित्र संगठन हो, यो कुनै व्यापारिक या व्यवसाय गर्ने नाफामुखी संस्था होइन । त्यसैले जनताका गुनासा सुन्ने, उनीहरुका इच्छित सेवा प्रति प्रहरी संगठनले सकेसम्म पूरा गर्ने गराउनेतर्फ संगठन प्रमुखको हैसियतले लक्ष्य नै बनाएको आईजीपी दीपक थापाले बताएका छन ।

जनताको शान्ति सुरक्षा नै प्रहरीको मुल कर्तब्य भएकाले शान्ति सुरक्षाको पहरेदार ‘नेपाल प्रहरी’को प्रमुखका हैसियतले जनतासँग सहकार्य गर्दै अघि बढ्ने बताउँदै आइजीपी थापाले प्रहरी सेवालाई सहज, पारदर्शी र दबाबरहित तुल्याउँदै आमजनताको पहुँचमा पुर्‍याउन अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

देश र जनताको शान्ति सुरक्षाका लागि अहोरात्र खटेर छुट्टै सान बनाएका प्रहरी प्रमुख आईजीपी थापा सरकारको स्प्रीडमा दौडिन सक्ने एक शाहसी र कुशल प्रहरी अधिकृतको रुपमा परिचित भएका छन् । आईजीपी थापाले देशमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न गरेका पहलले उहाँलाई एक सफल आईजीपीको रूपमा हेरिएको छ ।

नेपाल प्रहरीलाई कमजोर बनाउने विभिन्न व्यवधानका विरुद्ध लड्न सक्ने क्षमता भएका उहाँले आत्मविश्वासका साथ देश र जनताको लागि कार्य गर्दै आउनु भएको छ । राजनीतिक हस्तक्षेपमा पनि कर्मयोगी बनेर कार्य सम्पादन गरेका आईजीपी थापा एक निडर प्रहरी अधिकृत हुन् । २९ वर्ष लामो पेशागत यात्रामा थापा थुप्रै महत्वपूर्ण मोर्चाको कुशलतापूर्वक कमान्ड सम्हालेका छन् ।

८ चैत २०८१, शुक्रवार १२:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु