स्ववियु बानेश्वर बहुमुखी क्याम्पसद्वारा क्याम्पस प्रशासनलाई खेलकुद सामग्री हस्तान्तरण
वि.सं.२०८२ पुस १७ बिहीवार १९:०२
shares

काठमाडौं । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु), बानेश्वर बहुमुखी क्याम्पसद्वारा राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट प्राप्त विभिन्न खेलकुद सामग्री क्याम्पस प्रशासनलाई हस्तान्तरण गरिएको छ।
क्याम्पसकाे साप्ताहिक अतिरिक्त क्रियाकलाप कार्यक्रमकाे अवसरमा स्ववियूका पदाधिकारीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा भलिबल, फुटबल, भलिबल नेट लगायतका खेलकुद सामग्री क्याम्पसका प्रमुख डा. घमानसिंह खड्का, अतिरिक्त क्रियाकलाप प्रमुख कृष्ण देव यादव समक्ष औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बोल्दै डा. खड्काले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि खेलकुद अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै स्ववियुको सक्रियता र पहलप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले प्राप्त सामग्री क्याम्पसका विद्यार्थीहरूका लागि प्रभावकारी रूपमा उपयोग गरिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयाे।

स्ववियुका अध्यक्ष भुमिराज अधिकारीले विद्यार्थीहरूको खेलकुद प्रतिभा विकास तथा नियमित अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने उद्देश्यले राखेपसँग समन्वय गरी सामग्री ल्याइएको जानकारी गराए।
हस्तान्तरण गरिएको खेलकुद सामग्री क्याम्पस प्रशासनको व्यवस्थापनमा विद्यार्थीहरूको दैनिक अभ्यास तथा विभिन्न प्रतियोगितामा प्रयोग गरिने भएको छ।
कार्यक्रममा प्रध्यापकहरु, स्ववियू पदाधिकारी,सदस्य विद्यार्थीहरु लगाएतकाे उपस्थिति रहेको थियाे।















