बानेश्वर बहुमुखी क्याम्पसमा आजदेखि साप्ताहिक अतिरिक्त क्रियाकलाप कार्यक्रम शुरु

3.47K
shares

काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसको साप्ताहिक अतिरिक्त क्रियाकलाप कार्यक्रम आजदेखि औपचारिक रूपमा सुरु भएको छ।

क्याम्पस प्रमुख डा. घमानसिंह खड्काको प्रमुख आतिथ्यतामा आयोजित उद्घाटन कार्यक्रममा अतिरिक्त क्रियाकलाप प्रमुख डा. कृष्णदेव यादवको अध्यक्षता रहेको थियो। कार्यक्रममा स्वतन्त्र विद्यार्थी यूनियनका अध्यक्ष भुमिराज अधिकारी लगायतका अतिथिहरूको विशेष उपस्थिति रहेको थियो।

 


उद्घाटन कार्यक्रम अन्तर्गत आज म्युजिकल चेयर, हाजिरजवाफ तथा टेबल टेनिस (टि.टि.) प्रतियोगिताहरू सञ्चालन गरिएको थियो। क्याम्पस प्रशासनका अनुसार यस साप्ताहिक कार्यक्रमअन्तर्गत भलिबल, फुटसल, टग अफ वार, कविता प्रतियोगिता, वक्तृत्वकला लगायत जम्मा १४ वटा खेलकुद तथा सिर्जनात्मक विधाका प्रतियोगिताहरू सञ्चालन हुनेछन्।

उक्त कार्यक्रम यही महिनाको २३ गतेसम्म निरन्तर रूपमा सञ्चालन हुने जनाइएको छ। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुका साथै शारीरिक, मानसिक र बौद्धिक विकासमा योगदान पुर्‍याउनु रहेको आयोजकले बताएका छन्।

कार्यक्रममा क्याम्पसका प्राध्यापकहरू, स्ववियु पदाधिकारी तथा सदस्यहरू, विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरू, साथै विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083