एसएसपी दयानिधि ज्ञवालीद्वारा लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको समादेशकको पदभार ग्रहण

3.72K
shares

बुटवल। लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल, रुपन्देहीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीले समादेशकको पदभार ग्रहण गर्नुभएको छ ।

नेपाल सरकार, गृह मन्त्रालयकाे  २०८३।०२।१८ गतेको निर्णय तथा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौंको पत्रादेशअनुसार एसएसपी ज्ञवाली नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल काठमाडौंबाट सरुवा भई  २०८३।०२।२५ गते लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा हाजिर हुनुभएको हो ।

पदभार ग्रहण गरेपछि एसएसपी ज्ञवालीले तालिम केन्द्रको समग्र वस्तुस्थिति, प्रशासनिक तथा प्रशिक्षण गतिविधिबारे जानकारी लिनुभएको थियो । सो अवसरमा उहाँले तालिम केन्द्रमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधन गर्दै प्रहरी प्रशिक्षणको गुणस्तर अभिवृद्धि, अनुशासन, व्यावसायिक दक्षता र जिम्मेवार प्रहरी सेवामा केन्द्रित भएर कार्य गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा तालिम केन्द्रका प्रहरी अधिकृत तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


divya collage
unigloble collage