श्री सेती देवी माध्यमिक विद्यालयको ४७ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य इन्द्र भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न

9.02K
shares

काभ्रे । श्री सेती देवी माध्यमिक विद्यालयको ४७औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।  नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य इन्द्र भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लनाम सिंह तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रध्यानध्यापक अक्कल बहादुर तामाङ, युवा नेता दुधराज तामाङ, स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारी, युवा नेता तथा समाजसेवी तिर्थ तामाङ, ईलाम तामाङ, पत्रकार राज त्रिपाठी, लगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने विद्यालयमा दीर्घकालीन योगदान पुर्‍याएका शिक्षक–शिक्षिकाहरूलाई पनि सम्मान गरिएको थियो।

साथै वार्षिकोत्सवको अवसरमा नेपाली कम्युनिष्ट पार्टीका युवा नेता दुधराज तामाङ, तिर्थ तामाङलगायतको पहलमा १२४ जना विद्यार्थीहरू तथा शिक्षक–शिक्षिकाहरूलाई न्यानो कपडा (ज्याकेट, स्वीटर, ट्राउजर लगायत) वितरण गरिएको थियाे।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक–शिक्षिकाहरू, समाजसेवी, बुद्धिजीवी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले विद्यालयको शैक्षिक विकास तथा गुणस्तर अभिवृद्धिका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

उक्त विद्यालय काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नम्बर ८ मा रहेकाे छ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083