सेती देवी मावि–शिवशक्ति प्राविमा न्यानो कपडा वितरण

दुई विद्यालय, एक आमा समुहलाई लक्षित गरी करिब ४ सय ९० थान न्यानो कपडा वितरण

4.52K
shares

काभ्रे । श्री सेती देवी माध्यमिक विद्यालय तथा श्री शिवशक्ति प्राथमिक विद्यालय, तेमाल–भरज्याङ आमा समूह काभ्रेमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य इन्द्र भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि इन्द्र भुषालले विशेष सम्बोधन गर्नुभएको थियो। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आफ्नो चुनावी क्षेत्रमा हुने प्रचार–प्रसारलाई केही समय स्थगित गरी सामाजिक सेवाका लागि काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर ८ पुगेर न्यानो कपडा वितरण गरेका हुन्।

नेता इन्द्र भुषाल काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्। कार्यक्रममा उहाँले सामाजिक उत्तरदायित्व र शिक्षा क्षेत्रमा सहयोगको महत्वबारे धारणा राख्नु भएको थियो। आगामी फागुन २१ गते हुने निर्वाचनको व्यस्त चुनावी कार्यक्रम हुँदाहुँदै पनि आफ्नो चुनावी क्षेत्रको प्रचार–प्रसारलाई केही समयका लागि स्थगित गरी सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै न्यानो कपडा वितरण कार्यक्रममा सहभागी हुनु प्रशंसनीय रहेको सहभागीहरूले बताएका छन्। 

कार्यक्रममा युवा नेता दुधराज तामाङ, स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारी, युवा नेता तथा समाजसेवी तिर्थ तामाङ, पत्रकार राज त्रिपाठी लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

नेपाली कम्युनिष्ट पार्टीका युवा नेता दुधराज तामाङ र तिर्थ तामाङ लगायतको पहलमा काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नम्बर ८ मा रहेकाे श्री सेती देवी माध्यमिक विद्यालयका १२४ जना विद्यार्थीहरू तथा शिक्षक–शिक्षिकाहरूलाई ज्याकेट, स्वीटर, ट्राउजर लगायतका न्यानो कपडा वितरण गरिएको हो। साथै श्री शिवशक्ति प्राथमिक विद्यालय, तेमाल–भरज्याङ, आमा समूहलाई समेत न्यानो कपडा वितरण गरिएको थियो।

दुई विद्यालय, एक आमा समुहलाई लक्षित गरी करिब ४ सय ९० थान न्यानो कपडा वितरण गरिएको आयोजकले जनाएको छ। जाडो मौसममा विद्यार्थी तथा शिक्षकहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ। कार्यक्रममा युवा नेता दुधराज तामाङ, स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारी, युवा नेत तीर्थ तामाङ लगायतले सम्बोधन गर्दै यस्ता सामाजिक कार्यहरूले शिक्षा र समाजमा सकारात्मक प्रभाव पार्ने बताएका थिए।

कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता सामाजिक तथा शैक्षिक सहयोग कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

न्यानो कपडा वितरण कार्यक्रमबाट विद्यार्थीहरू लाभान्वित भएका छन् भने आयोजक संस्थाप्रति विद्यालय परिवारले धन्यवाद व्यक्त गरेको छ।