युवा नेता अर्जुन थापा नेकपाबाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस

3.98K
shares

वि.सं. २०५४ सालदेखि अखिल (क्रान्तिकारी) हेम मावि सिबाङका अध्यक्षका रूपमा राजनीतिक यात्रा सुरु गरेका थापाले २०६४ सालमा आरआर क्याम्पसको अध्यक्ष र त्यसपछि काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै संगठन विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।

पछिल्लो करिब २० वर्षदेखि निरन्तर सामाजिक सेवामा सक्रिय थापाले काठमाडौंमा ‘क्विक ब्लड ग्रुप’ स्थापना गरी हजारौँ बिरामीलाई निःशुल्क रगत उपलब्ध गराएका छन्। उनी स्वयंले हालसम्म ५२ पटक रक्तदान गरिसकेका छन्। साथै, म्याग्दीका बिरामीहरूलाई काठमाडौंका विभिन्न अस्पतालमा छुट दिलाउने, उपचारमा सहयोग गर्ने कार्य पनि निरन्तर गर्दै आएका छन्।

थापाले म्याग्दीबाट वैदेशिक रोजगारीका क्रममा ठगिएका युवाहरूको करोडौँ रुपैयाँ निःशुल्क उठाइदिने पहल गर्दै पीडितलाई न्याय दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन्। यस्तै, म्याग्दी धौलागिरी क्षेत्रमा ‘चन्द्रलोक शैक्षिक कोष’ स्थापना गरी धौलागिरीका ११ वटा माध्यमिक विद्यालयमा प्रत्येक वर्ष करिब ३५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन्।

काठमाडौंमा रहँदा पनि जिल्लाको विकासलाई प्राथमिकतामा राख्दै थापाले विभिन्न विकास योजनाका फाइल सिंहदरबारसम्म पुर्‍याई सम्बन्धित मन्त्रालय र जिल्ला नेताहरूसँग समन्वय गरेर करोडौँ रुपैयाँ बराबरका बजेट भित्र्याउने काम गरेको पार्टी स्रोतले जनाएको छ।

उच्च शिक्षा हासिल गरेका थापा तीव्र आर्थिक क्रान्ति, भ्रष्टाचार निर्मूल, र म्याग्दीको समग्र विकासलाई तीव्र बनाउने स्पष्ट उद्देश्यका साथ आगामी संघीय निर्वाचनमा होमिएका छन्।

नेकपा (माओवादी केन्द्र)बाट प्रत्यक्षतर्फ अर्जुन बी. थापागम बी. सिर्स मगरटेक बीककृष्ण बीक र दुर्गा कार्कीको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083