स्ववियूको दबाबपछि त्रि.वि. रजिस्ट्रेशन म्याद माघ मसान्तसम्म थप

त्रिभुवन विश्वविद्यालयले रजिस्ट्रेशन फारम भर्ने समयावधि माघ मसान्तसम्म कायम गर्ने निर्णय

4.42K
shares

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसको पहलमा भर्ना समूह २०८२ (2025) का विद्यार्थीहरूको त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) रजिस्ट्रेशन फारम भर्ने म्याद माघ मसान्तसम्म कायम गरिएको छ।

समग्र विद्यार्थीको हितलाई केन्द्रमा राख्दै स्ववियू बानेश्वर बहुमुखी क्याम्पसले केही दिनअघि, पौष १६ गते, सहायक परीक्षा नियन्त्रक डा. दावा शेर्पालगायत सम्बन्धित निकायहरूसमक्ष संशोधित सूचनाप्रति आपत्ति जनाउँदै स्ववियु बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिरा अधिकारीले  पुनरावलोकनको मागसहित मागपत्र बुझाएका थिए।

स्ववियूले उठाएको जायज मागलाई सार्थकता दिँदै त्रिभुवन विश्वविद्यालयले रजिस्ट्रेशन फारम भर्ने समयावधि माघ मसान्तसम्म कायम गर्ने निर्णय गरेको हो।

यस क्रममा स्ववियूले त्रिभुवन विश्वविद्यालयका उपकुलपति दीपक अर्याल, परीक्षा प्रमुख, सहायक परीक्षा प्रमुखलगायत सम्बन्धित निकायहरूसँग निरन्तर संवाद, खबरदारी र पहल गर्दै आएको थियो।

अन्ततः विद्यार्थीमैत्री निर्णय गर्दै त्रिभुवन विश्वविद्यालयले स्ववियूका मागहरू सम्बोधन गरेकोमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसले उपकुलपति दीपक अर्याल सहित सम्पूर्ण सम्बन्धित निकायहरूप्रति विशेष धन्यवाद व्यक्त गरेको छ।
स्ववियूले आगामी दिनहरूमा पनि विद्यार्थीका हक, अधिकार र शैक्षिक सरोकारका विषयमा सशक्त रूपमा आवाज उठाइरहने प्रतिबद्धता जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083