विभाजन पछिको नेपाली कांग्रेस
वि.सं.२०८२ माघ १ बिहीवार १४:४७
546
shares
shares

काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले सभापति र उपसभापतिलाई जिम्मेवारी दिएको छ।सभापति गगन थापालाई निर्वाचन घोषणा पत्र लेखन समिति संयोजकको जिम्मेवारी दिने निर्णय आज ललितपुरमा बसेको केन्द्रीय समितिले दिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।साथै केन्द्रीय समितिले निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई दिएको छ।बैठकले विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिको विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्ने निर्णय गरेको छ।
साथै निर्वाचन आयोगमा रहेको सभापतिको हस्ताक्षर अद्यावधिक गर्ने निर्णय पनि भएको छ। त्यसका लागि नेताहरू आयोग गएका छन्।
















