हटे विवादित अध्यक्ष, नवनिर्वाचित अध्यक्षमा अमित

7.35K
shares

रुपन्देही। सिद्धार्थनगर नगरपालिका वडा नं ५ मा रहेको भैरहवा नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा अमित कुमार गुप्ता चयन भएका छन्। समितिमा अध्यक्षसहित पाँच जना सदस्य रहेका छन्। सिद्धार्थनगर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष  पुरन प्रसाद श्रेष्ठ पदेन सदस्य रहने प्रावधान रहेको छ।

समितिका सदस्यहरूमा लक्ष्मी खत्री, एनी हिताङ, सम्भु दयाल र अमिता अग्रवाल रहेका छन्। विद्यालयका प्रधानाध्यापक बासुदेव पौडेल सदस्य–सचिव रहेका छन्।पदभार ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष अमित कुमार गुप्ताले लामो इतिहास बोकेको यस विद्यालयको शैक्षिक गुणस्तर सुधार्न आफू प्रतिबद्ध भएर लाग्ने बताए।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले कुनै पनि राजनीतिक स्वार्थ बिना नितान्त विद्यालय र विद्यार्थीहरूको हकहितमा काम गर्न आग्रह गरिन्।

त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का अध्यक्ष पुरन प्रसाद श्रेष्ठले शैक्षिक गुणस्तरलाई सकारात्मक दिशामा अगाडि बढाउन सबैले हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।  गत पुस ७ गते सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको नाममा भैरहवा नमुना माध्यमिक विद्यालयमा सुशासन कायम गर्न माग गर्दै आएको एक गोप्य पत्रसम्बन्धी समाचार मुक्तिखबरले सम्प्रेषण गरेको थियो।

video


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083