ट्राफिक सप्ताहको चौथो दिन कलंकीमा सांस्कृतिक कार्यक्रम सम्पन्न

3.22K
shares

उक्त अवसरमा बोल्दै प्रमुख अतिथि एआईजी कार्कीले ट्राफिक सप्ताहको उद्देश्य सडक प्रयोगकर्तामाझ ट्राफिक सचेतना फैलाउनु रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले प्रहरी कर्मचारीहरूलाई थप हौसला प्रदान गर्ने र सवारी दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको आवश्यकता र औचित्यबारे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले आफ्ना धारणा राख्नुभयो। त्यस्तै, उप–प्राध्यापक डा. बुद्धिमान श्रेष्ठले कार्यक्रममा प्रस्तुत सांगीतिक प्रस्तुतीहरूको खुलेर प्रशंसा गर्नुभयो।

सांस्कृतिक कार्यक्रममा चर्चित गायक पशुपति शर्मा, प्रकाश कटुवाल, बालचन्द्र बराल लगायतका कलाकारहरूले आफ्ना आकर्षक प्रस्तुतीहरू प्रस्तुत गर्नुभएको थियो। साथै नेपाल प्रहरी तथा अन्य क्षेत्रबाट आमन्त्रित कलाकारहरूले समेत आ–आफ्ना प्रस्तुतीमार्फत कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए।

कार्यक्रमकै क्रममा ट्राफिक प्रहरीको भवन निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने महानुभावहरूलाई प्रमुख अतिथि एआईजी कार्कीले सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो।

कार्यक्रममा प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूका साथै यातायात व्यवसायी, कलाकार, पत्रकार तथा सर्वसाधारण दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।