२५औँ सशस्त्र प्रहरी दिवस २०८२ काे अवसरमा दीप प्रज्वलन
वि.सं.२०८२ माघ ८ बिहीवार १९:०८
2.31K
shares
shares

काठमाडौं । २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)को अवसरमा माघ ८ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित स्मृति बाटिकामा विशेष कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा अमर सशस्त्र प्रहरीहरूको आत्माको चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो।

देशको शान्ति, सुरक्षा र सार्वभौमिकताको रक्षा गर्दै कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गरेका अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै आयोजित उक्त कार्यक्रममा उच्च पदस्थ अधिकारीहरू, सशस्त्र प्रहरी परिवारका सदस्य तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

















