सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवस तथा रजत महोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

3.15K
shares

काठमाडौं । सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवस तथा रजत महोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपालको २५औँ स्थापना दिवस (वार्षिकोत्सव) तथा रजत महोत्सवको उपलक्ष्यमा प्रधान कार्यालयमा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको हाे।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्य रहेको थियो। संगठनको गौरवमय इतिहास, योगदान र उपलब्धिलाई स्मरण गर्दै आयोजित उक्त प्रभातफेरि कार्यक्रममा उच्च पदस्थ अधिकारीहरू, सशस्त्र प्रहरी परिवारका सदस्य तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083