महिला नवजागरण अभियान नेपालद्वारा आयोजित हाजिरजवाफ प्रतियोगिता सम्पन्न
वि.सं.२०८२ माघ १३ मंगलवार १८:१३
shares

काठमाडौँ । महिला नवजागरण अभियान नेपालद्वारा काठमाडौँ महानगरपालिका वडा नम्बर–९, ३१ र ३२ अन्तर्गतका पाँचवटा विद्यालयहरूबीच आयोजित हाजिरजवाफ प्रतियोगिता बानेश्वर बहुमुखी क्याम्पसमा सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगितामा Apple International School, Loyola Secondary School, Annapurna Vinayak School (AVS), NASA Secondary School तथा Glacier International School सहभागी रहेका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालय तथा विजयी विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गरिएको थियाे। यस्ता ज्ञानमूलक र प्रतिस्पर्धात्मक कार्यक्रमहरूले विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमतामा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि बानेश्वर बहुमुखी क्याम्पसका प्रमुख डा. घमानसिंह खड्का रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता महिला नवजागरण अभियान नेपालकी अध्यक्ष यशोदा खनालले गर्नुभएको थियो। कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नम्बर–३१ का अध्यक्ष सरोज ढकाल, बानेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति भुमिराज अधिकारी लगायत विभिन्न अतिथिहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक–शिक्षिकाहरू, महिला नवजागरण अभियान नेपालका प्रतिनिधिहरू तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम बानेश्वर बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको हो।
बानेश्वर बहुमुखी क्याम्पसकाे तर्फबाट महिला नवजागरण अभियान नेपालप्रति यस्ता प्रेरणादायी तथा शैक्षिक कार्यक्रमको आयोजना र निमन्त्रणाका लागि विशेष धन्यवाद व्यक्त गरिएको थियाे।















