निर्माणाधीन जलविद्युत् आयोजनाको सार्वजनिक सुनुवाइ स्थगित
वि.सं.२०८२ माघ १८ आइतवार १५:१५
shares

धादिङ । रुवी भ्याली गाउँपालिका क्षेत्रभित्र निर्माणाधीन जलविद्युत् आयोजनाहरूको सार्वजनिक सुनुवाइ कार्यक्रम स्थगित गरिएको छ ।
गाउँपालिकाले सूचना प्रकाशित गर्दै मिति २०८२/१०/०३ गते सम्पन्न गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार मिति २०८२/१०/२३ गते सार्वजनिक सुनुवाइ गर्ने तयारी गरिएकोमा प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण उक्त कार्यक्रम स्थगन गरिएको जनाएको छ ।
निर्वाचन आयोगले मिति २०८२/१०/०४ गते निर्वाचन आचारसंहिता, २०८२ प्रकाशित तथा लागू गरेपछि सो आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने अवस्था सिर्जना भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम स्थगित गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ ।
गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङद्वारा जारी सूचनामा सार्वजनिक सुनुवाइ स्थगनसम्बन्धी जानकारी सम्पूर्ण सरोकारवाला निकाय तथा सर्वसाधारणलाई गराइएको उल्लेख गरिएको छ ।

















