डिजिटल युगभन्दा अघि फर्किएको साँझ: सिद्धार्थनगरमा ‘तिमी, म अनि धुन’

3.9K
shares

सिद्धार्थनगर, रुपन्देही — भौतिक संसार र डिजिटल युगको बीचमा एउटा साँझले स्थानीय संगीतप्रेमीलाई पुराना यादहरूमा डुबायो। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका अन्तर्गत मेडिकल कलेज परिसरमा रहेको बीएमसी बन मस्का चाएमा आयोजित ‘तिमी, म अनि धुन’ सांगीतिक साँझ यही प्रविधि र कला मिलनको उदाहरण थियो।कार्यक्रमको विशेषता नै यसको ‘म्यूजिक बिफोर वाइफाइ’ थिम थियो। डिजिटल सुविधा आउनुअघिका गीत र धुनहरूले उपस्थित दर्शकलाई भिन्न समय र अनुभूतिको अनुभव दिन सफल रहे। अमनजुनले प्रत्यक्ष प्रस्तुति मार्फत त्यो पुरानो मिठास दर्शकसम्म पुर्‍याए।

कार्यक्रम स्थलको वातावरण शान्त र प्राकृतिक थियो। खुला आकाशमुनि, हल्का हावासँग मिसिएको संगीतले उपस्थित दर्शकलाई केवल गीत सुन्न मात्र होइन, अनुभव गर्न पनि प्रेरित गर्‍यो। सहभागीहरूले यसलाई “पुरानो सम्झना फर्काउने साँझ” भनेर वर्णन गरे।मानुश्री ईभेन्ट्सका सञ्चालक युनिस तामाङले भन्नुभयो, “यस खालका सांगीतिक कार्यक्रमले केवल मनोरञ्जन मात्र होइन, सांगीतिक परम्पराप्रति मानिसहरूको रुचि बढाउने काम गर्दछ। हामी आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरु नियमित गर्ने योजना बनाइरहेका छौं।”कार्यक्रम सफल बनाउनका लागि भी एक्स एल बुटवल (शिक्षा साझेदार), मानुश्री ट्राभल पार्टनर, होटेल बोधी रेड सन, मेरीगोल्ड होटल एण्ड स्पा प्यालेस प्रा.लि., सिभेट क्याफे, रुद्राक्ष मार्ट, आमाको चुलोबीएमसी लगायतका प्रायोजकहरूले सहयोग गरेका थिए। सांगीतिक साँझले देखायो कि डिजिटल युगका आधुनिक उपकरणहरूले संगीतको मूल्य घटाउन सक्दैनन्; पुराना धुन र सम्झनाहरू अझै पनि मानिसको मुटुमा बसेका छन्। ‘तिमी, म अनि धुन’ले यही कुरा प्रमाणित गर्‍यो — संगीत भनेको समय र प्रविधि भन्दा माथि रहेको अनुभव हो।