लुम्बिनी साँस्कृतिक नगरपालिकामा ५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

7.58K
shares

लुम्बिनी ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारालाई आत्मसाथ गर्दै रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिकामा ५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।

सोमबार नगरपालिकाको वडा नं. ३ स्थित पडरियामा आयोजित एक कार्यक्रमबीच प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको हो। प्रतियोगितामा नगरपालिकाभित्र रहेका १४ वटा विद्यालयका विद्यार्थी–विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको छ।

 उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, हाई जम्प, लङ जम्प, सटपुट, दौड लगायतका विभिन्न खेल विधाहरू समावेश गरिएको छ।

प्रतियोगिताको उद्देश्य विद्यालयस्तरमै खेलकुद प्रतिभाको पहिचान गर्दै विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउनु रहेको आयोजकले जनाएको छ। साथै, यस प्रतियोगिताले अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।


divya collage
unigloble collage