जसपाका उम्मेद्धार नै एमाले प्रवेश गरेपछि

3.93K
shares

भैरहवा । रुपन्देही क्षेत्र नं ३ मा जनता समाजवादि पाटि (जसपा) काे तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार रहेका श्रीनिवास यादव एमाले प्रवेश गरेका छन् । जसपा नेपालका केन्द्रीय सदस्य समेत रहेका यादवले उमेदवारि दर्ता गरि जनतासँग भेटघाट गर्दा रुपन्देही ३ का मतादाताकाे मनाेभावना एमाले भन्दा अरु नदेखिएकाे र रास्ट्रियताकाे विषयमा एमाले महत्त्वपूर्ण शक्ति भएकाे निश्कर्ष निकाल्दै एमाले प्रवेश गरेकाे बताए ।  उनले जारि गरेकाे प्रेस विज्ञप्तिमा भनिएकाे छ, “प्रचलित कानून अनुसार उम्मेदवारी दर्ता गरी आजका मितिसम्म म श्रीनिवास यादव रुपन्देही क्षेत्र नम्बर ३ का मतदाताका अधिकांश घरघरमा पनि पुगेको छु। यो क्रममा मतदाताको मनोभावनालाई समेत मध्यनजर गर्दै र अहिलेको विषम राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दा मुलुकको राजनीतिक स्थायीत्व र निकासका लागि नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत मार्क्सवादी-लेनिनवादी) नै मुलुकको प्रमुख राजनीतिक शक्तिको रुपमा स्थापित हुने देखिएकाे छ ।

आजका मितिदेखि एमाले पार्टीका सिद्धान्तलाई अनुसरण गर्दै देश, जनता र राष्ट्रप्रति वफादार बन्दै आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदबारी समेत फिर्ता लिदै नेकपा (एमाले) मा समाहित भएको घोषणा गर्दछु । साथै मलाई माया, स्नेह र विश्वास गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई नेकपा (एमाले) को चुनाव चिन्ह सूर्यमा मतदान गर्नका आह्वान गर्दछु। नेकपा (एमाले) रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार कमरेड बासुदेव घिमिरेलाई अत्याधिक बहुमतका साथ विजयी बनाउनका लागि समेत हार्दिक अनुरोध गर्दछु ।” आज साेमबार  यादवलाई पाटि प्रवेश गराउदै एमाले केन्द्रीय सदस्य भुमिश्वर ढकालले श्रीनिवास  यादवकाे पाटि प्रवेशले एमाले रुपन्देही क्षेत्र नं ३ मा विजयि सुनिश्चित भएकाे बताए ।  पाटिका जिल्ला अध्यक्ष यज्ञ गैरेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा एमालेले जित्ने आधार तयार भईरहेकाे तर्क गरे । निर्वाचन अायाेगले आज साेमबार देखि प्रचार प्रशार अनुमति दिएसँगै श्रनिवासले अाफ्नाे उमेदवारि निस्क्रिय पारेर एमाले उमेदवार बासुदेव घिमिरेलाई अंकमाल गर्दै समर्थन गरेका हुन् । यादवकाे समर्थन पाएसँगै एमालेका तर्फबाट उमेदवार रहेका बासुदेव घिमिरेले जितकाे सुनिश्चता बढेकाे भन्दै खुसि ब्यक्त गरे ।

एमाले रुपन्देहीका उपाध्यक्ष हितराज पन्थिले रुपन्देही ३ मा रहेका १ लाख ४० हजार  ३५ मतादाताहरु नै सुर्य चिन्हमा मतादान गर्न लालयित भएकाे बताए ।  भैरहवामा एका बिहानै श्रीनिवासलाई पाटिकाे तर्फबाट एमाले नेताहरु केन्द्रीय सद्स्य ढकाल र आचार्य, केन्द्रीय निर्वाचन आयाेगका सदस्य भरत पाेखरेल, केन्द्रीय अनुशासन आयाेगका सदस्य राजेन्द्र पन्थि, जिल्ला अध्यक्ष यज्ञ गैरे, रुपन्देही क्षेत्र नं ४ का उमेदवार प्रमाेद यादव तथा नेताहरु  हरि अधिकारी, उमा काफ्ले, नरबहादुर घर्ती, उमा अधिकारी, दिलिप यादव, लक्ष्मि केसि, सीता काफ्ले, चक्र थापा, कृ्ण मल्ल लगायत नेताहरुले माला टिका लगाएर पाटि प्रवेश गराएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083