जित–हार स्वीकार्न तयार छु : रेनु दाहाल
वि.सं.२०८२ फागुन ४ सोमवार १२:४१
shares

४ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी रेनु दाहाल ले निर्वाचनको परिणाम जे आए पनि स्वीकार गर्ने स्पष्टता व्यक्त गरेकी छन्।
घरदैलो अभियानमा व्यस्त रहेको उल्लेख गर्दै उनले आम जनसमुदायबाट माया, विश्वास र समर्थन पाइरहेको बताएकी छन्। सामाजिक सञ्जालमार्फत उनले जनताको उत्साहजनक साथले आफू थप प्रेरित भएको जनाइन्।
भरतपुर महानगरपालिकामा नौ वर्ष मेयरको जिम्मेवारी सम्हाल्दा देखाएको प्रतिबद्धता र इमान्दारिताकै कारण जनताबाट स्नेह पाएको उनको भनाइ छ।
निर्वाचन प्रक्रियामा सहभागी भइसकेपछि जित र हार दुवैलाई स्वीकार गर्नुपर्ने धारणा आफू स्पष्ट रहेको उनले उल्लेख गरिन्।
लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताएकी छन्।















