1.27K
shares

रुपन्देही ।रास्वपा सुस्ताका सचिवले पनि पार्टी छाडे रुपन्देही । पश्चिमनवलपरासीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने क्रम बढ्दै गएको छ । सोमबार सुस्ता गाउँपालिकाका सचिव कृष्णप्रसाद पन्थले रास्वपा छाडेको घोषण गरेका छन् । रास्वपाको भनाई र गराईमा एकरुपता नभएको र पार्टी अवसरवादीको चङ्गुलमा परेकाले पार्टी छाडेको पन्थले बताएका छन् । जुन आशा रास्वपाप्रति थियो त्यो क्रमशः क्षिण हुँदै गएकाले बाध्य भएर पार्टी छाड्नुपरेको उनले बताए । इमान्दार नेता कार्यकर्तालाई पाखा लगाउने र अवसरवादीहरुलाई पार्टीमा भित्र्याउने काम भइरहेको पन्थले बताए । अब आफू कुनै पार्टीमा प्रवेश नगरी स्वतन्त्र बस्ने पन्थले बताए । दुई दिन अगाडि मात्रै सुस्ताकै रास्वपा उपसभापति गुप्त सेन ठकुरीले पनि पार्टी छाडेका थिए । उनले पनि पार्टीको भनाई र गराईमा एकरुपता नदेखिएको र देशलाई निकास दिनसक्ने अवस्था नदेखेर पार्टी छाडेको बताएका थिए । काग्रेसका नेता बिक्रम खनाललाई रास्वपा भित्र्याएर टिकट दिएपछि सो क्षेत्रका रास्वपाका कार्यकर्ता असन्तुष्ट देखिएका हुन्