प्रविधिमैत्री डिजिटल शिक्षाको उत्कृष्ट गन्तव्य बन्दै : युनिग्लोब कलेज

विद्यार्थीको सर्वाङ्गीण विकासमा समर्पित Uniglobe College.

481
shares

काठमाडौं । गुणस्तरीय, व्यवहारिक तथा विद्यार्थीमैत्री शिक्षा प्रदान गर्दै आएको युनिग्लोब कलेजले राजधानीका अग्रणी शैक्षिक संस्थामध्ये आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ। काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित यस कलेजले वर्षौंदेखि हजारौं विद्यार्थीको शैक्षिक भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

शिक्षालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी सीप, अनुशासन, नेतृत्व क्षमता तथा व्यवहारिक ज्ञानसँग जोडेर अध्यापन गराउने कलेजमा +२ तहअन्तर्गत साइन्स (Science), म्यानेजमेन्ट (Management)  संकायका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएका छन्। अनुभवी तथा दक्ष शिक्षक टोली, आधुनिक शिक्षण पद्धति र विद्यार्थी केन्द्रित सिकाइ वातावरणका कारण कलेजले अभिभावक तथा विद्यार्थीहरूको उच्च विश्वास हासिल गरेको छ।

कलेजका Chairman/Principal (Dr.Nar Bahadur Bista.) को दूरदर्शी नेतृत्व लगाएत समग्र टिमको  शैक्षिक प्रतिबद्धताले संस्थालाई शैक्षिक उत्कृष्टताको मार्गमा अघि बढाएको बताइन्छ। शैक्षिक उपलब्धिसँगै व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा अतिरिक्त क्रियाकलापमा समेत कलेजले विशेष प्राथमिकता दिँदै आएको छ।

कलेज प्रशासनका अनुसार नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरिएको छ। उत्कृष्ट नतिजा, अनुशासित शैक्षिक वातावरण, दक्ष शिक्षक र गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थीहरूका लागि  Uniglobe College एक भरोसायोग्य शैक्षिक गन्तव्यका रूपमा स्थापित भएको छ। विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर अघि बढिरहेको कलेजले भविष्यमा पनि शैक्षिक उत्कृष्टताको यात्रालाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083