राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआईजी राजन अधिकारीद्वारा पदभार ग्रहण

3K
shares

काठमाडौं । नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८३ साल असार १८ गतेको निर्णयअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, नक्सालबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सरुवा हुनुभएका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीले आज २०८३ साल असार २९ गते प्रतिष्ठानमा हाजिर भई औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ।

प्रतिष्ठानमा आयोजित स्वागत कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृत तथा अन्य कर्मचारीहरूले नवनियुक्त कार्यकारी निर्देशक एआईजी अधिकारीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

पदभार ग्रहणपछि एआईजी अधिकारीले प्रहरी प्रशिक्षणलाई समयानुकूल, व्यावसायिक र प्रभावकारी बनाउँदै दक्ष तथा अनुशासित जनशक्ति उत्पादनमा प्रतिष्ठानको भूमिकालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।


divya collage
unigloble collage