दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न

533
shares

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागको पत्रादेशअनुसार प्रहरी सहायक निरीक्षक (असई) पदबाट प्रहरी नायव निरीक्षक (सई) तथा प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको छ।
उक्त कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंहले बढुवा भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुका साथै बढुवा–नियुक्तिपत्र प्रदान गर्नुभयो।

सो अवसरमा प्रहरी उपरीक्षक सिंहले बढुवा भएका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नयाँ जिम्मेवारी राष्ट्रसेवा, कर्तव्यनिष्ठा, अनुशासन र समर्पणका साथ इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिनुभयो।
कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूले बढुवा भएका सहकर्मीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी कार्यसम्पादन अझ प्रभावकारी र उदाहरणीय हुने विश्वास व्यक्त गरेका थिए।


divya collage
unigloble collage