प्रहरी निरीक्षक विशाल मल्ल असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित तथा पुरस्कृत
वि.सं.२०८३ साउन ६ बुधवार २०:४२
169
shares
shares

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालयद्वारा लागू गरिएको “महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३” बमोजिम २०८३ साल असार महिनाका लागि इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) विशाल मल्ल ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ (Best Province Police of the Month)’ घोषित हुनुभएको छ।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) ओमप्रसाद अधिकारीले प्रहरी निरीक्षक मल्ललाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्नुभयो।
प्रहरी निरीक्षक मल्लले आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्दै व्यावसायिकता, अनुशासन र सेवाप्रति समर्पण देखाएको मूल्याङ्कनका आधारमा उहाँलाई उक्त सम्मान प्रदान गरिएको मधेश प्रदेश प्रहरीले जनाएको छ।





















