प्रहरी जवान मनिषा सुवेदी असार महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत

221
shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी जवान मनिषा सुवेदीलाई २०८३ साल असार महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।

विमानस्थलका सुरक्षा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले प्रहरी जवान सुवेदीलाई प्रशंसा पत्रद्वारा सम्मानित समेत गर्नुभएको छ ।

उहाँले आफ्नो जिम्मेवारी निष्ठा, अनुशासन र व्यावसायिकताका साथ निर्वाह गर्दै उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा उक्त सम्मान प्रदान गरिएको कार्यालयले जनाएको छ ।


divya collage
unigloble collage