ट्राफिक प्रहरीको छवि उच्च हुँदा नेपाल प्रहरीकै प्रतिष्ठा र सान बढ्छ : एआईजी सुशील सिंह राठौर

845
shares

काठमाडौ । काठमाडौ उपत्यका प्रहरी कार्यालय रानिपाेखरीका एआईजी सुशील सिंह राठौरले ट्राफिक प्रहरीको छवि उच्च बनाउनका लागि शिष्ट व्यवहार, आर्थिक पारदर्शिता र आधुनिक प्रविधिको प्रयोग गर्न निर्देशन दिनुभएको छ ।

निरीक्षणको क्रममा उपत्यका ट्राफिक कार्यालय पुगेर एआईजी राठौरले ट्राफिक प्रहरीको छवि उच्च हुँदा सिङ्गो नेपाल प्रहरी सङ्गठनकै प्रतिष्ठा र सान बढ्ने हुँदा उत्कृष्ट कार्य गर्न सम्पूर्ण ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन दिएको हो ।

साथै उहाँले ट्राफिक प्रहरीले विगतमा धेरै सवारी साधनलाई कारबाही गर्दा राम्रो काम गरेको देखाउनको लागि भएपनि गर्ने गरिने भएपनि अहिले ट्राफिक प्रहरीले कारबाही प्राथमिकतामा नभएको पनि बताउनुभएको छ ।


divya collage
unigloble collage