अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको १० बुँदे ‘लुम्बिनी घोषणापत्र २०१८’ जारी

Nepal Life Insurance Long Ad

लुम्बिनी । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले १० बुँदे ‘लुम्बिनी घोषणापत्र २०१८’ जारी गरेको छ । लुम्बिनी गुरुयोजनालाई शान्ति र मानवताको विश्वकेन्द्रका रूपमा विकास गर्नेलगायतका प्रतिबद्धतासहित दुईदिने सम्मेलन आइतबार सम्पन्न भएको हो ।

घोषणा–पत्रमा लुम्बिनीलाई भगवान बुद्धको जन्मस्थल र बौद्धधर्म तथा विश्वशान्तिको मुहानका रुपमा विश्वभर प्रवद्र्धन गर्ने उल्लेख छ । त्यस्तै, केन्जो टांगेद्वारा डिजाइन गरिएको लुम्बिनी गुरुयोजनालाई शान्ति र मानवताको विश्वकेन्द्रका रूपमा सम्पन्न गर्ने, अन्तरआस्था, संवादको प्रवद्र्धन र विश्व बौद्ध समुदायलाई एकीकृत गर्ने घोषणा–पत्रमा उल्लेख छ । घोषणा–पत्र सार्वजनिक गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले सम्मेलनले पारित गरेका बुँदाहरूलाई सबै मिलेर कार्यान्वयन गर्नुपर्ने बताए । ‘लुम्बिनी नेपाल स् भगवान् बुद्धको जन्मस्थल तथा बौद्धधर्म र विश्वशान्तिको उद्गमस्थल’ भन्ने सम्मेलनको नारा तय भएको थियो ।

सम्मेलनको समापन गर्दै प्रधानमन्त्री केपी ओलीले लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले पुरातत्व क्षेत्रको उत्खनन र संरक्षणमा लाग्दै बृहत्तर लुम्बिनीलाई पूर्णता दिने बताए । विश्वलाई अँध्यारोबाट हटाउन बुद्धको दर्शनले महत्वपूर्ण योगदान पुर्याएको बताए । सम्मेलनमा अमेरिका, थाइल्यान्ड, भारत, चीन, श्रीलंका, कोरिया, मलेसियालगायतका २३ राष्ट्रका ३ सय प्रतिनिधिले सहभागि थिए । सम्मेलनमा ३१ जनाले कार्यपत्र प्रस्तुत गरेका थिए । १९ कार्यपत्र विदेशी र १२ वटा नेपाली विज्ञले प्रस्तुत गरेका थिए ।

सहभागीहरूले विगतमा भएका उपलब्धिहरूलाई समेट्दै लुम्बिनी भगवान बुद्धको जन्मस्थल र बुद्धधर्म र विश्वशान्तिको मुहान भएको स्विकार्दै प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाए । उनीहरुले विश्व समुदायलाई बढ्दो हिंसा, असहिष्णुता र द्वन्द्वको सम्बोधन गर्न अह्वान गर्ने र दीगो विश्वशान्तिका निम्ति बुद्धको शिक्षालाई अवलम्बन गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले घोषणा–पत्रमा उल्लेख बुँदाहरू पूरा गर्न सरकारले प्रयास गर्ने र सबै पक्षले सहयोग गर्न आवश्यक रहेको बताए । मन्त्री अधिकारीले अबको साढे दुई वर्षमा लुम्बिनी गुरुयोजनाको बाँकी काम सम्पन्न गर्ने लक्ष्य लिएको बताए । लुम्बिनीमा आउने पर्यटकको बसाइ लम्ब्याउन भौतिक पूर्वाधारको विकास आवश्यक रहेको र त्यसका लागि सरकारले काम सुरु गर्ने बताए ।

लुम्बिनीको समग्र विकासका लागि लुम्बिनी तथा त्यस क्षेत्रसँग सम्बन्धित तिलौराकोट, देवदह तथा रामग्रामलाई जोडेर ग्रेटर लुम्बिनीको अवधारणा अघि बढाउने उनले बताए । लुम्बिनीमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि लुम्बिनीमा भौतिक पूर्वाधारको विकास आवश्यक रहेको छ, त्यसका लागि सरकारले काम थाल्नेछ ।

यस्तो छ १० बुँदे घोषणापत्र

१. सन् २०१६मा घोषणा गरिएको लुम्बिनी घोषणा–पत्रमा उल्लेखित लुम्बिनी नेपाललाई भगवान बुद्धको जन्मस्थल र बौद्धधर्म र विश्वशान्तिको मुहानलाई विश्वमा प्रवद्र्धन गर्ने

२। केन्जो टांगेद्वारा डिजाइन गरिएको लुम्बिनी गुरुयोजनालाई शान्ति र मानवताको विश्वकेन्द्रका रूपमा सम्पन्न गर्ने

३. अन्तरआस्था, संवादको प्रवद्र्धन गर्न र विश्व बौद्ध समुदायलाई एकीकृत गर्न, एसियामा बढ्दो जातीय हिंसा र यसलाई बौद्धमार्गबाट समाधान गर्नका निम्ति एक भई काम गर्ने

४. लुम्बिनीमा शान्ति र द्वन्द्वको निरूपणका लागि अन्तर्राष्ट्रिय केन्द्र स्थापना गर्ने

५. लुम्बिनीलाई एसियाको बृहत्तर तीर्थस्थलको सर्किटका रूपमा स्थापना गरी भारतको बोधगया, सारनाथ, कुशीनगर र श्रीलंका, म्यानमार, बंगलादेश, चीन एवं पाकिस्तानका बौद्ध सम्पदाहरूलाई प्रवद्र्धन गर्ने ।

६. बृहत्तर लुम्बिनीको पुरातात्विक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूलाई एकीकृत रूपमा व्यवस्थापन गरी संरक्षण गर्ने ।

७. बृहत्तर लुम्बिनीको वातावरणको संरक्षण गर्न र सबै किसिमका प्रदूषणको स्रोतको अनुगमन र नियन्त्रण गर्ने ।

८. कपिलवस्तु ९बुद्ध र शाक्यको मातृभूमि०, देवदह ९महारानी मायादेवीको माइतीघर०, रामग्राम ९बुद्धको अस्तुधातु भएको स्थल०को बृहत महत्वलाई हृदयंगम गर्दै सबै बौद्धमार्गी र संसारका शान्तिप्रिय जनतालाई बुद्धिस्ट सर्किटअन्तर्गतका रूपमा एकीकृत बृहत् लुम्बिनी गुरुयोजनाका रूपमा निर्माण गर्ने ।

९. बौद्ध शिक्षाका लागि लुम्बिनीलाई विश्वकेन्द्रको रूपमा विकास गर्ने ।

१०. लुम्बिनी घोषणा–पत्र २०१६ लाई कार्यान्वयन गर्दै विश्व बुद्धिस्ट मञ्चको स्थापना गरी बुद्ध परम्पराहरूको सञ्जालका लागि शुभारम्भ गर्ने ।


बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

बाताबरण ब्यवस्थापन विभागकाे सहयाेगमा स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

२०८२ असार ४ बुधवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले २० वटा...

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

२०८२ जेठ १९ सोमवार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी...