“संविधानलाई व्यवहारमा लागू गर्न जागरण अभियान आवश्यक छ”-प्रचण्ड

Nepal Life Insurance Long Ad

काठमाडौं । नेकपा माओवादी केन्द्र का अध्यक्ष प्रचण्डले संविधानलाई जीवन व्यवहारमा लागू गर्न आमरुपमा जागरण अभियानको आवश्यकता पर्ने बताउनु भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजको तेह्रौं राष्ट्रिय महाधिवेशनको सोमबार राजधानीमा उद्घाटन गर्दै अध्यक्षले भन्नुभयो, ‘संविधानमा लेख्दैमा जीवनमा रुपान्तर भैहाल्छ भन्ने ग्यारेन्टी छैन, त्यसको लागि एउटा ठूलो चेतना र जागरणको आवश्यकता पर्दछ ।’

उहाँले धेरै ठूलो मेहनतपछि देशमा स्थायित्वको वातावरण बन्दै गएको बताउँदै संविधान बनेर निर्वाचन भएपछि जनताले देशमा स्थिरता, सम्मुन्नति, समृद्धि र सुशासनको अनुभूति गरेको धारणा राख्नुभयो । अध्यक्षले भन्नुभयो, ‘हामीले संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक अधिकारको रुपमा परिभाषित गरेका छौं । त्यो आफैंमा ठूलो कुरा हो ।’ आम जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर राज्यको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई अगाडि बढाउनकै लागि संविधानमा मौलिक अधिकारका रुपमा स्वास्थ्य सम्बन्धी अधिकार राखिएको उहाँको भनाई थियो ।

परिवर्तित राज्यको नयाँ संरचना अन्तर्गत रक्त संकलन कार्यलाई पनि त्यति नै व्यस्थित गर्ने आवश्यकता रहेको बताउँदै अध्यक्षले स्वयम्सेवी संस्थाको रुपमा भूमिका खेलेको उक्त समाजको महाधिवेशनको पूर्ण सफलताको शुभकामना पनि गर्नुभयो ।


संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

संसद्को अवरोध खुलाउन दुई बुँदामा सहमतिको प्रयास

२०८२ जेठ २९ बिहीवार

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ...

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटीको निर्वाचित

२०८२ जेठ २७ मंगलवार

काठमाडौँ। नेपाल छाला जुत्ता उत्पादक संघको १४ औं वार्षकि साधारणसभा...

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

अखिल (क्रान्तिकारी) काे बाजुरा जिल्ला इन्चार्जमा शंकर बहादुर सार्कीलाई जिम्मेवारी

२०८२ जेठ २३ शुक्रवार

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन...

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः  प्रधानमन्त्री

जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छः प्रधानमन्त्री

२०८२ जेठ २१ बुधवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास...

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

वाईसिएल विशेष प्रदेश सचिवमा खोटाङ्गका प्रभात राई निर्वाचित

२०८२ वैशाख २९ सोमवार

काठमाडौ । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल विशेष प्रदेश समितिको...

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

YCL नेपाल १ नम्बर विशेष प्रदेशको जिल्ला भेला सम्पन्न

२०८१ चैत २३ शनिवार

काठमाडौं। YCL,नेपाल विशेष १ नम्बर प्रदेशको जिल्ला भेला सम्पन्न भएकाे...