भारतमा १५ लाख भारु चोरर भागेका व्यक्ति बैतडीबाट पक्राउ

4.85K
shares

 काठमाडौं। भारतमा १५ लाख भारतीय रुपैयाँ चोरेर भागेका एक नेपाली पक्राउ परेका छन्। भारतको राजस्थानबाट पैसा चोरेर भागेका बैतडीको दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय नीरजबहादुर चन्दलाई गए प्रहरीले घरैबाट पक्राउ गरेको हो।

भारतको राजस्थानमा काम गर्दै आएका चन्दलाई उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।

भारतस्थित नेपाली दूतावासले पत्राचार गरेपछि चन्द नेपाल प्रहरीले पक्राउ गरेको हो। चन्दले भने आफूले १४ लाख भारु मात्रै चोरेको बयान दिएका छन्। उनी भारतको राजस्थानका राजेश गुप्ताको घरमा काम गर्दै आएका थिए।

चोरेर ल्याएको रकममध्ये चन्दको साथमा डेढ लाख मात्रै नगद फेला परेको छ। उनले अरु रकम कैलालीमा बुझाएको भनेकाले चन्दलाई कैलाली प्रहरीसमक्ष पठाउने तयारी भएको छ। कैलालीमा चन्दले कसलाई पैसा बुझाए भन्ने नखुलेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083