हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो, ११ घाइतेलाई काठमाडौं ल्याइयो, २ को अवस्था चिन्ताजनक

5.81K
shares

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हेल्थ इमजेन्सी अपरेसन सेन्टरका अनुसार हावाहुरी प्रभावित बारा र पर्सा जिल्लामा हालसम्म ३१ जनाको मृत्यु भएको छ।

हाल सेन्टर सञ्चालन गरिरहेका स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्रकुमार यादवका अनुसार प्रभावित क्षेत्रमा ३ वटा आकस्मिक चिकित्सा टोली पठाइएको उल्लेख गर्दै काठमाडौंको शिक्षण अस्पतालमा ११ जना घाइते ल्याइएकोमा २ जना को अवस्था चिन्ताजनक रहेको जनाकारी दिएका छन्। अन्य टोली समेत प्रभावित स्थलमा पठाउन तम्तयार अवस्थामा राखिएको छ।

राज्यमन्त्री डा. यादवका अनुसार हाल नारायणी अस्पतालमा १२० जना घाइते उपचाररत छन्। त्यहाँ ६ जनाको मृत्यु भएको छ। यस्तै नेशनल मेडिकल कलेजमा १९० घाइतेको उपचार भइरहेको छ भने त्यहाँ ३ को मृत्यु भएको छ।

कलैया अस्पतालमा २०६, तराई हस्पिटल वीरगंजमा २, एडभान्स हस्पिटलमा २०, गण्डकी हस्पिटलमा २८, विरगंज हेल्थकेयर युनिटमा ३९ घाइतेको उपचार भइरहेको छ। भने हेल्थकेयर अस्पतालमा १ जनाको मृत्यु भएको छ।

प्रभावित क्षेत्रका सबै अस्पताल स्वास्थ्य चौकीलाई उच्च सर्तकता राख्नुको साथै कुनैपनि परिस्थितिसँग जुध्न केन्द्र स्वास्थ्य मन्त्रालयसँग निरन्तर सम्पर्कमा रहन भनिएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083