नेपालमा अधिनायकवाद शुरु भयो : पूर्वप्रधानमन्त्री देउवा
वि.सं.२०७५ वैशाख ३ सोमवार ०९:४७
7.71K
shares
shares

नेपालमा अधिनायकवाद शुरु भयो शेरबहादुर देउवा
भरतपुर। सरकारको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अधिनायकवाद शुरु भएको आरोप लगाएका छन्। सरकार त्यहि गतिमा दौडी रहेको उनले भने, प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी ढंगले अघि बढ्न खोजेको दाबी समेत गरे।
सोमबार भरतपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मी माझ उनले सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप पनि लगाए। सरकारले प्रमुख प्रतिपक्ष दल सँग कुनै पनि छलफल नगरेको सभापति देउवाको भनाइ छ।
सभापति देउवाले एमाले र माओवादी केन्द्र मिलेकाले पार्टीले निर्वाचनमा हार्नु स्वभाविकै भएको पनि बताए। उनले कांग्रेस लोकतन्त्रवादी पार्टी भएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, मान्यतालाई सुदृढ बनाउन लडि रहने प्रतिबद्धता पनि व्यक्त गरे।


















