अमेरिकालाई रुसी राष्ट्रपति पुटिनको चेतावनी,फेरि सिरियामा हमला गरे विश्वमा युद्ध शुरु हुने

8.83K
shares

काठमाडौं । सिरियालाई युद्धको भुगोल लिएर अमेरिका र रुस बीचको द्धन्द रोकिने संकेत नदेखिए पछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई चेतावनी दिएका छन् । ‘फेरि सिरियामा सैन्य कारबाही गरे विश्वमा अराजकता मच्चिने उनको भनाई छ ।’

सिरियामा भएको रासायनिक हमलाको जवाफमा अमेरिका, फ्रान्स र बेलायतले संयुक्त सैन्य कारबाही गर्दै सिरिया सरकारको तीन अखडामा बमबारी गरेका थिए। रुसले यसको विरोध गर्दै आएको छ । राष्ट्रपति पुटिनले अर्को कारबाही नगर्न चेतावनी दिएका छन् । पुटिन र इरानका राष्ट्रपति हसन रुहानी बीच फोन वार्ता भएको पनि कार्यालयले जनाएको छ । अमेरिकाले भने बसर अल असद सरकारलाई अर्को तरिकाले पनि दबाव दिन थालेको छ ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले सिरिया सरकार सँग जोडिएका रुसी कम्पनीहरु विरुद्ध आर्थिक प्रतिबन्ध लगाउने बताएकी छन् । सिरिया सरकारको कथित रासायनिक आक्रमणमा रुसी पुर्ण रुपमा सहभागि भएको अमेरिकाको आरोप रहेको छ ।