विदेशका जेलमा रहेका नेपालीलाई खुसिको खबर, सरकारले अब निशुल्क कानुनी सेवा दिने

Nepal Life Insurance Long Ad

काठमाडौं । विदेशको जेलमा रहेका नेपाली श्रमिकलाई सरकारले कानुनी सेवा दिने भएको छ। कतिपय श्रमिकहरू विना गल्ति समस्या भोगेको र कानुनी लडाई गर्न नसकेको भन्दै श्रम मन्त्रालयले यस्तो निर्णय गरेको हो। सोमबार वैदेशिक रोजगार प्रवर्द्धन वोर्डसहित सरोकारवाला निकाय सँगको छलफल पछि श्रममन्त्री गोकर्ण विष्टले यस्तो निर्णय लिएका हुन्।

यसका विषयमा कसरी काम गर्ने भन्ने विषयमा पूर्व–राजदूत उदयराज पाण्डेको नेतृत्वमा कार्यदल  समेत गठन गरिएको छ। कतिपय श्रमिकहरुले विना कारण विदेशी जेलमा दुख पाएका छन्, खर्चको कारण कानुनी लडाई लड्न नसकेकोले कानुनी सेवा दिने निर्णय भएको हो। विदेशका जेलहरुमा पाँच सय जना नेपाली रहेको श्रम मन्त्रालयले जनाएको छ। श्रम सचिव महेशकुमार दाहालले मलेसियामा एक सय ७१, कतारमा ५२, साउदीमा दुई सय १०, कुवेतमा ७० र बहराइनमा तीन जना नेपाली जेल जीवन वितार्इ रहेको बताए। उनले अब हरेक महिना तथ्यांकहरु सार्वजानिक गर्ने समेत बताए।


वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

वअन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरुण अधिकारी

२०८२ वैशाख ७ आइतवार

 काठमाडौँ। विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यले काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय...

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा बाध्न सहयोग पुर्‍याउछ: उपाध्यक्ष डा.लामा

२०८१ चैत २७ बुधवार

काठमाडौ । धर्म र संस्कृतिले विश्व मानव जातिलाई एउटै परिवारमा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

प्रधानमन्त्री ओलीलाई मोदीले पठाए औपचारिक बधाई सन्देश

२०८१ साउन ४ शुक्रवार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा...

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु

२०८१ साउन ३ बिहीवार

काठमाडौँ । चीनको एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा...

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

ट्रम्पमाथि गोली प्रहार : गोली हान्ने व्यक्ति र एक ट्रम्प समर्थकको मृत्यु

२०८१ असार ३० आइतवार

एजेन्सी। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाले...