चीनको प्रान्तमा भएको घटनामा परी १० बेपत्ता, १५ घाइते

२०७६ पुस २९ मंगलवार
1.3K
shares
सिन्ह्वा । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने क्विन्घाई प्रान्तमा भएको घटनामा परी कम्तीमा दशजना बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरुले मंगलबार विहान दिएको जानकारी अनुसार सोमबार भएको सडक दुर्घटनामा परी अरु १५ जना घाइते पनि भएका छन् ।
स्थानीय समयानुसार बेलुका ५.३० बजे नान्डाजी सडकमा दुर्घटना भएको हो । एउटा सार्वजनिक बस सडकबाट तल खसेर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । अहिले दुर्घटना भएको नान्डाजी भन्ने ठाउँमा अत्यधिक धेरै सवारी साधनको चाँप हुने गरेको छ । दुर्घटनामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् । यसअघि स्थानीय अधिकारीहरुले दुई जना मात्र बेपत्ता भएका र १३ जना घाइते भएका बताएका थिए ।
घाइते भएकाहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ भने कसैको पनि अवस्था चिन्ताजनक नरहेको जनाइएको छ ।

२०७६ पुस २९ मंगलवार