कोरोना भित्रिन नदिन चितवनमा उच्च सतर्कता

Nepal Life Insurance Long Ad

चितवन।

चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई ध्यानमा राखी स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव रोक्न, भिडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र भोजभतेर नगर्न स्थानीय प्रशासनले आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आज बिहान चिकित्सकसँग छलफल गरिएको छ । अस्पतालमा छुट्टै कक्ष (आइसोलेसन रुम) खडा गर्न ठूला अस्पताललाई अनुरोध गरिएको छ । जिल्लाको सरकारी भरतपुर अस्पतालमा र दुई निजी मेडिकल कलेजमा छुट्टै कक्ष निर्माण गरिसकिएको छ ।

रोगको सङ्क्रमण देखिहालेमा अपनाउनुपर्ने विधि र प्रक्रियाका बारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो । जिल्लाका सबै अस्पताल सञ्चालक र चिकित्सकलाई तयारी अवस्थामा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । भट्टराईका अनुसार बुधबारदेखि शुरु हुन लागेको प्रथम परेवाकोट महोत्सव रोकिएको छ ।

जिल्लामा भइरहेको मेघौली महोत्सव र भरतपुर महोत्सव रोक्ने विषयमा सम्बन्धित आयोजकसँग आजै छलफल गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले आजै जिल्लाका सातै स्थानीय तहका प्रशासकीय अधिकृतलाई छलफलका लागि बोलाएको छ । उहाँका अनुसार कोरोनाको सम्भावित जोखिमलाई केन्द्रित गरेर उहाँहरुसँग छलफल गरिँदैछ । प्रशासनले आफ्नै कार्यालयका कर्मचारीसँग समेत आज बैठक बस्ने जनाएको छ । रोगको जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन आन्तरिकरुपमा छलफल गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले होलीमा ठूलो जमघट नगर्न आम जिल्लावासीलाई आग्रह गरिएको जानकारी दिनुभयो । विगतका वर्षमा प्रशासनले सूचना जारी गरेर सभ्यतापूर्वक होली खेल्न आग्रह गर्ने गरेको भए पनि यस वर्ष भिडभाडसमेत नगर्न अनुरोध गर्न लागिएको उहाँले बताउनुभयो ।

यस्तै ठूला भोज भतेर नगर्न सबैमा अनुरोध गरिएको बताउँदै उहाँले भन्नुभयो, “यस विषयमा सञ्चारमाध्यमले आम नागरिकलाई बुझाइदिनुप¥यो ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्चस्तरको टोलीले आज भरतपुर अस्पतालको निरीक्षण गरी रोग देखिहालेमा गर्ने तयारीका बारेमा छलफल गर्दैछ ।

जिल्लामा कोरोना भाइरसको लक्षण देखिएका दुई जनाको नमूना परीक्षणका लागि पठाइएकामा दुवै जनाको नेगेटिभ देखिएको थियो ।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

२०८२ जेठ १९ सोमवार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी...

साइबर ब्युरोद्वारा सर्वसाधारणलाई सतर्क रहन आग्रह

साइबर ब्युरोद्वारा सर्वसाधारणलाई सतर्क रहन आग्रह

२०८२ जेठ १७ शनिवार

काठमाडौँ । नेपाल प्रहरीले अनधिकृत पहुँच र फिसिङ एसएमएसमार्फत ठगीका...