हिमालय एयरलाइन्सले भित्र्यायो नयाँ जहाज

Nepal Life Insurance Long Ad

काठमाडौँ।

नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले ‘ए’ ३१९–११५ नामक नयाँ जहाज भित्र्याएको छ । उच्च स्थान भएको गन्तव्यमा उडान गर्ने सो जहाजको क्षमता रहेको जनाइएको छ । सो एयरलाइन्सले आफ्नो पाँचौँ वार्षिकोत्सवका अवसरमा अर्को नयाँ जहाज थप गरेको घोषणा गरेको हो ।

क्याप्टेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तरराष्ट्रिय विमानस्थलबाट सो जहाज काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गएराति अवतरण गराउनुभएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

सो कम्पनीसंग तीन एअरबस ए३२०–२१४ र एक एयरबस ए३१९–११५ गरी चारवटा जहाज भएका छन् । एयरबस ए३१९–११५ छोटोदेखि मध्यम दूरीको उडान भर्ने एयरबस ए–३२० परिवारकै जहाज हो । एयरबस कम्पनीद्वारा निर्मित यो जहाजमा न्यारो–बडी, दुई इन्जिनयुक्त जेट विमान हो जस्ले व्यावसायिक यात्रीलाई ल्याउने–लाने गर्छ ।

कूल आठ बिजनेस क्लास सिट र १२० इकोनोमी क्लास सिट क्षमता रहेको जहाजमा नयाँ र कुशल इन्जिन क्षमता रहेको र १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्षम रहेको कम्पनीले उल्लेख गरेको छ । यो जहाजले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलि जस्ता गन्तव्यस्थलहरुमा उडान गरी धेरैभन्दा धेरै यात्रुलाई सहज र सरलरुपमा सेवा प्रदान गर्नेछ ।

सो एयरलाइन्सले मध्यपूर्वी मुलुकमा आफ्नो उपस्थिति बढाउँदै गएको छ । एयरलाइन्सका अध्यक्ष झोउ इन्योङले सन् २०२० मा कम्पनीको सञ्चाल विस्तार र नयाँ रुटहरु सञ्चालन गर्ने रणनीतिअनुरुप जहाज थपिएको बताउनुभएको विज्ञप्तिमा जनाइएको छ ।

उहाँले हिमालयलाई देश र मध्यपूर्वी क्षेत्रकै उत्कृष्ट एयरलाइन्सका रुपमा स्थापित गर्ने योजनाअनुरुप सन् २०२१ सम्म ए ३१९ का दुई जहाज थपिने बताउनुभयो ।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ जहाजको प्रवेश संस्थाको जहाज थप गर्ने योजनामा एउटा कोशेढुङ्गा भएको बताउनुभयो । एयरलाइन्सले सन् २०१६ मे ३१ बाट ए ३२०–११४ सिरिजको १५८ सिट क्षमताको जहाजका साथ दोहा उडान गरेर आफ्नो हवाई यात्रा सुरु गरेको थियो ।

चार वर्षको अन्तरालमै एअरलाइन्सले ६ देशका १० वटा गन्तव्यस्थलमा आफ्नो सञ्जाल स्थापित गरिसकेको छ । एयरलाइन्सले आफ्नो अन्तर्राष्ट्रिय सञ्जालमा दोहा, दमाम, ढाका, क्वालालम्पुर, आबुधाबी र चीनको चाङसा, गुइयाङ, सेनजेन, बेइजिङ र चोङकिङमा उडान भर्दै आइरहेको छ ।


७७.५ मेगावाटको घुन्सा खोलामा ५ वित्तीय संस्था मार्फत १२.७० अर्ब लगानी !

७७.५ मेगावाटको घुन्सा खोलामा ५ वित्तीय संस्था मार्फत १२.७० अर्ब लगानी !

२०८१ माघ १५ मंगलवार

काठमाडौँ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका भएर बग्ने घुन्सा खोलामा...

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

२०८१ साउन १४ सोमवार

काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका...

ट्राफिक प्रहरीद्धारा एक वर्षमा दुई अर्ब राजश्व संकलन

ट्राफिक प्रहरीद्धारा एक वर्षमा दुई अर्ब राजश्व संकलन

२०८१ साउन ६ आइतवार

काठमाडौं । ट्राफिक प्रहरीले एक वर्षमा मात्रै जरिवाना वापत झण्डै...

माइक्रोसफ्टको सर्भर डाउन : विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित

माइक्रोसफ्टको सर्भर डाउन : विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित

२०८१ साउन ४ शुक्रवार

काठमाडौँ । माइक्रोसफ्टको सर्भर डाउन भएपछि शुक्रबार विश्वभरका धेरै बैंक,...

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेलको बढुवा​

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेलको बढुवा​

२०८१ असार २८ शुक्रवार

काठमाडौं ।  माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रसिद्धराज अर्याल र नायब...

१ अर्ब २९ करोड लागतमा तयार भयो काठमाडौँ प्रहरी परिसरको आफ्नै भवन !

१ अर्ब २९ करोड लागतमा तयार भयो काठमाडौँ प्रहरी परिसरको आफ्नै भवन !

२०८१ असार २४ सोमवार

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीस्थित आफ्नै भवनबाट शान्ति,...