आठ महिनादेखि अस्पतालमै बन्धक भुजेलको उद्धार

Nepal Life Insurance Long Ad

खाँदबारी । 

मोरङको विराटनगरस्थित विराट अस्पतालमा उपचार गराएको पैसा तिर्न नसकेर बन्धक बनाइएका सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उद्धार भएको छ । भुजेलको आठ महिनापछि विराट अस्पतालबाट सोमबार उद्धार गरिएको हो ।

गत असार ५ गते भोजपुरको षडानन्द नगरपालिका–१ को इखुवाखोला जलविद्युत् आयोजनामा काम गर्ने मजदुरबीच विवादले उग्ररुप लिई कुटाकुट हुँदा छुट्याउन गएका जीवनलाई एक समूहले टाउको र घाँटीमा रड प्रहार गर्दा उनी गम्भीर घाइते भए

गम्भीर घाइते जीवनलाई तत्कालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगियो तर उनको धरानमा उपचार सम्भव नभएपछि मोरङको विराट अस्पताल सिफारिस गरिएको थियो । 

घाइते जीवनलाई उद्धार गर्न गृह मन्त्रालयबाट रु पाँच लाख र खाँदबारी नगरपालिकाबाट रु एक लाख सहयोग गरिएको सांसद राजेन्द्र गौतमले जानकारी दिनुभयो । जीवनलाई उद्धार गर्न पूर्वगृहसचिव प्रेमकुमार राई र सांसद गौतमको पहलमा गृह मन्त्रालयबाट रु पाँच लाख सहयोग भएको हो ।

टाउको र घाँटीमा गम्भीर चोट लागेका जीवन आठ महिनादेखि मोरङको विराट अस्पतालमा बन्धक थिए । उपचार गरेको रकम तिर्न नसक्दा अस्पतालले उनलाई बन्धक बनाएको थियो । घाइते जीवनको घाँटीको शल्यक्रिया, औषधि र खाना खर्च रु आठ लाख बढी पुगेको थियो । जीवनको उपचारवापतको खर्च भुक्तानी गरेपछि मात्र अस्पतालले सोमबार डिस्चार्ज दिएको हो ।

जीवनलाई उद्धार गरेर अहिले धरानमा राखिएको खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडाले जानकारी दिनुभयो । जीवनको उद्धार गर्न सङ्खुवासभाका प्रदेशसभा सदस्य पूर्णप्रसाद राई, पदमकुमारी गुरुङ र नगरप्रमुख खतिवडा सोमबार विराट अस्पताल मोरङ पुग्नुभएको थियो । जीवनको उपचार खर्च, औषधि र खानाको रु सात लाख रकम भुक्तानी गरेर सोमबार उद्धार गरिएको नगरप्रमुख खतिवडाले बताउनुभयो ।

उनको दोस्रो चरणको शल्यक्रिया गर्न उनलाई काठमाडौँको त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भएको नगरप्रमुख खतिवडाले जानकारी दिनुभयो । घाँटीमा गहिरो चोट लागेकाले श्वास फेर्न प्वाल पारेर पाइप हालिएका कारण जीवन बोल्न नसक्ने अवस्थामा छन् । चिकित्सकका अनुसार दोस्रो चरणको उपचार शिक्षण अस्पतालमा मात्रै हुने र सो उपचारपछि मात्रै आवाज आउने छ ।

जीवनलाई सहयोग गर्न विभिन्न सङ्घसंस्था र व्यक्ति सक्रिय भएर लागेका थिए । आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका जीवन उपचार खर्च तिर्न नसक्दा लामो समयदेखि अस्पतालमै बन्धक भएर बसेका थिए । आक्रमण गर्नेहरु प्रहरीले चलाएको अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन भोजपुरले मागेको जनही रु पाँच हजार धरौटी बुझाएर असार ३० गते छुटिसकेका छन् ।

जीवन परिवारका माइला छोरा हुन् । आमा बितेपछि परिवारमा बुबा, एक दाजु, दिदी र दुई भाइ थिए । उपचार खर्च तिर्न नसकेर भाइ अस्पतालमै बन्धक भएको भन्दै ऋण खोज्नका लागि भौँतारिरहेका दाजु नवीनले पनि त्यही तनावका कारण गत कात्तिक अन्तिम साता आत्महत्या गरेका थिए ।


स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

स्ववियू बानेश्वर बहुमुखी क्याम्पसद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

२०८२ जेठ ३० शुक्रवार

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) बानेश्वर बहुमुखी क्याम्पसले सरसफाई...

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल  : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

उपत्यका ट्राफिक प्रहरी कार्यालयकाे नयाँ कामकाे पहल : रिफ्रेसमेन्टका लागि पदयात्रा कार्यक्रम सम्पन्न

२०८२ जेठ २५ आइतवार

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी कर्मचारीहरूको...

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर अभियान सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ २३ शुक्रवार

काठमाडौ । लागु औषध विरुद्धको महाअभियान अन्तर्गत दुर्व्यसन रहित घर...

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

एसएसपी नवराज अधिकारीद्वारा “अनुगमन तथा ब्रिफिङ कार्यक्रम सम्पन्न”

२०८२ जेठ २२ बिहीवार

काठमाडौ ।  काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख  (एसएसपी) नवराज...

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

एसएसपी अधिकारीले सम्हाले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी

२०८२ जेठ १९ सोमवार

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुखको रुपमा एसएसपी...

साइबर ब्युरोद्वारा सर्वसाधारणलाई सतर्क रहन आग्रह

साइबर ब्युरोद्वारा सर्वसाधारणलाई सतर्क रहन आग्रह

२०८२ जेठ १७ शनिवार

काठमाडौँ । नेपाल प्रहरीले अनधिकृत पहुँच र फिसिङ एसएमएसमार्फत ठगीका...