कोरोनाबाट प्रभावित हुनसक्ने भन्दै अमेरिकाले दियो नेपाललाई सहयोग

6.33K
shares

काठमाडौं ।

कोरोनो भाइरसबाट प्रभावित तथा प्रभावित हुन सक्ने नेपालसहित २५ देशलाई अमेरिकी सहयोग नियोग युएसएड ले आर्थिक सहयोग गर्ने भएकोछ। ‘संक्रामक रोग नियन्त्रणका लागि स्थापना गरिएको आपतकालीन कोषबाट अमेरिकी सरकारले कोरोनाबाट प्रभावित भइसकेका र संक्रमणको जोखिममा रहेका विभिन्न २५ मुलुकलाई आवश्यक व्यवस्था गर्न तीन करोड ७० लाख अमेरिकी डलरको सहयोग उपलब्ध गराइने छ,’ युएसएडका प्रशासक मार्क ग्रीनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो सहयोग प्राप्त गर्ने २५ राष्ट्रको सूचीमा नेपाल पनि छ।’

अमेरिकी सरकारले विश्व स्वास्थ संगठन, अन्य बहुपक्षीय सहयोग निकाय तथा युएसएडले नेतृत्व गरेका कार्यक्रममार्फत संक्रामक रोगविरुद्ध सहयोग उपलब्ध गराउँदै आएको छ। अमेरिकी सरकारले फेब्रुअरी ७ मा कोरोनाविरुद्ध लड्न १० करोड अमेरिकी डलरबराबरको सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेअनुसार पहिलो चरणमा यी राष्ट्रलाई सहयोग गर्न लागिएको हो। कोरोना संक्रामक भाइरसको खतरा विश्वभरि नै रहेकाले अन्य दातृ राष्ट्रलाई पनि यो कोषमा योगदान गर्न अमेरिकी सरकारले आह्वान गरेको छ।

पहिलो चरणको सहयोग प्राप्त गर्ने राष्ट्रहरूमा नेपाल, अफगानिस्तान, अंगोला, इन्डोनेसिया, इराक, काजकिस्तान, केन्या, दक्षिण अफ्रिका, ताजकिस्तान, फिलिपिन्स, तुर्किमेनिस्तान, उच्वेकिस्तान, जाम्बिया, जिम्बाबे, बंगालादेश, कम्बोडिया, इथियोपिया, किर्ज रिपब्लिक, लाओस, मंगोलिया, नाइजेरिया, पाकिस्तान, थाइल्यान्ड, भियतनामलगायत छन।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083