मुख्यमन्त्री पौडेलद्वारा फागुको शुभकामना

7.14K
shares

हेटौँडा। 

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

यहाँ आज शुभकामना सन्देश जारी गर्दै उहाँले पर्वले समाजमा भाइचारा र सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै सत्य, न्याय र निष्ठाका पक्षमा लागिरहन प्रेरित गरेको उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले सन्देशमा परिवारबीचमा खुशी साटासाट गरेर पर्व मनाउन अनुरोध गर्नुभएको छ ।


divya collage
unigloble collage