दक्षिणी कान्दाहारमा ७ अफगान प्रहरीको हत्या

4.91K
shares

कान्दाहार ।

दक्षिणी कान्दाहारको एक प्रहरी चौकीमा प्रहरीले नै चलाएको गोली लागेर सात जना प्रहरीको हत्या गरेका छन् । प्रहरीले गोली चलाउने प्रहरी तालिबान समूहसँग आबद्ध रहेको दाबी गरेको छ ।

प्रान्तीय प्रहरी प्रवक्ता जमाल बारिक्जाईले शनिबार मध्यराति झारी जिल्लाको चारसाखी क्षेत्रमा उक्त घटना भएको जानकारी दिनुभयो ।

उहाँले तालिबानसँग आबद्ध देखिएका ती प्रहरी अरु साथीहरुको हत्यापछि फरार रहेको पनि बताउनुभयो । ती प्रहरीको खोजी भइरहेको पनि प्रवक्ता जमालले बताउनुभयो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083