कोरोनाबारे छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्री काठमाडौं आउँदै
वि.सं.२०७६ चैत २ आइतवार १३:४३
5.34K
shares
shares

काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाएका छन् ।
विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को जोखिम नियन्त्रण र पूर्वतयारीबारे छलफल गरी कार्ययोजना तय गर्न उनीहरुलाई बोलाइएको ढकालले बताए ।
मुख्यमन्त्रीहरूसँगको बैठकमा कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरिरहेका काम र प्रभावबारे स्वास्थ्य मन्त्रालयले प्रतिवेदन प्रस्तुत गर्ने छ ।
यस्तै, बैठकमा कोरोनाविरुद्ध प्रदेशस्तरमा गरिएका पूर्वतयारीका बारेमा पनि मुख्यमन्त्रीहरूले रिपोर्टिङ गर्नेछन् ।




























