अविवाहित किशोरीले क्वारेन्टाइनमै बच्चा जन्माएपछि…
वि.सं.२०७७ वैशाख १२ शुक्रवार १५:१४
9.67K
shares
shares

Feet of a newborn baby in the hands of parents. Happy Family oncept. Mum and Dad hug their baby's legs.
काठमाडौँ ।
ओखलढुङ्गाको रामपुरमा बनाइएको क्वारेन्टाइनमा रहेकी एक अविवाहित युवतीले शिशुलाई जन्म दिएकी छन् ।
उदयपुरबाट ओखलढुङ्गा पुगेकी मोलुङ गाउँपालिका–१ की १६ वर्षीया ती युवतीले मृत शिशुलाई जन्म दिएकी छन् ।
मङ्गलबार साँझ क्वारेन्टाइनमा बसेकी उनले बुधबार मृत शिशुलाई जन्म दिएकी हुन् । युवतीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ओखलढुङ्गा सामुदायिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।उनको ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।












