ताराको तुलनामा सूर्य अल्छे हुँदै

9.35K
shares

एजेन्सी,बर्लिन ।

पृथ्वीमा जीवनको सबैभन्दा महत्वपूर्ण आधार सूर्य करिब ९ हजार वर्षदेखि सुस्त अर्थात् निद्राको स्थितिमा रहेको पछिल्लो अध्ययनले देखाएको छ ।
जर्मनीको म्याक्स प्लेंक इन्स्टिच्युटका खगोलशास्त्रीले सूर्य र त्यससँग समान गुणका ताराहरूको अध्ययन गरेका थिए । यस अध्ययनमा सूर्यको तेजमा पाँचगुणा कमी आएको देखिएको छ ।

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाको केपलर स्पेस टेलिस्कोपबाट संकलित आधारमा अध्ययन गरिएको हो ।हाम्रो आकाशगंगा मिल्की वेका ताराको तापक्रम, उमेर र परिक्रमणका आधारमा सूर्यको तुलना गरियो । अनुसन्धान अनुसार सूर्य ९ हजार वर्षदेखि शान्त भएको हो वा ती ताराहरू नै पहिल्यैदेखि कम चम्किला थिए भन्ने विषयमा स्पष्ट हुन सकेको छैन ।

इन्स्टिच्युटका डाक्टर अलेक्ज्यान्डर साप्रियोले भने– ‘हामी यो हेरेर हैरान भएका छौं कि धरैजसो तारा सूर्यभन्दा धेरै सक्रिय छन् ।’शोधका लेखक डाक्टर टिम रेनहोल्डले सूर्य हजारौं वर्षदेखि शान्त बनिरहेकाले यसको सही तस्वीर आउन नसक्ने बताए । सूर्यमा हुने कालो धब्बाको रिकर्ड सन् १६१० देखि राख्दै आइरहेको हो । सूर्यको आयु हेर्ने हो भने ९ हजार वर्ष धेरै कम समय हो ।

यद्यपि योभन्दा अघि कस्तो थियो भन्ने कुरा थाहा पाउन अहिले सम्भव छैन । तर, अन्य तारालाई हेरेर यसको गतिविधिको तुलना हुन सक्ने रेनहोल्डले बताए । यसको सक्रियताको कमीको कारण के हो, यो अहिले पत्ता लगाउन सकेको छैन । यसबाट आगामी ११ वर्षमा यो गतिविधि यस्तै रहेने अनुमान भने गर्न सकिने उनले बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083