मेयर शाक्यलाई गगनको पत्र : ‘कमलपोखरीको निर्माण कार्य रोक्नू’

काठमाडौँ । नेपाली का‌ंग्रेसका नेता गगन कुमार थापाले कमलपोखरीको निर्माण कार्य तत्कालका लागि रोक्न आग्रह गरेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पत्र लेख्दै थापाले कमलपोखरीको स्वरूप परिवर्तन गरेर प्राकृतिक सिमसारको स्वरूप समेत नासिने गरी पोखरी निर्माण गर्न लागेको भन्दै तत्कालका लागि रोक्न आग्रह गरेका हुन् ।

उनले सम्पदा संरक्षण अभियन्ता, स्थानीयवासी लगायतले विरोध गरिरहेका अवस्थामा हाललाई निर्माण कार्यमा रोक लगाई सरोकारवाला निकायसंग छलफलमा जुट्न अनुरोध समेत गरेका छन् ।

पुनर्निर्माणका नाममा कमलपोखरीलाई कंक्रिटको ‘स्विमिङ पुल’ बनाउने तयारी देखिएपछि संरक्षणमा जुटेका अभियन्ताहरू तथा स्थानीय जनप्रतिनिधिले विरोध गर्दै आएका छन् । २०७६ असारबाट पोखरी पुनर्निर्माणको काम सुरु गरेको थियो ।

गगनको पत्र :

२९ पुस २०७७, बुधवार १५:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु