तस्करहरुलाई नियन्त्रण गर्न सफल सिन्धुली प्रहरी कार्यालय, ट्रक गाडी सहित अबैध काठ बरामद

4.12K
shares

सिन्धुलि । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले  विभिन्न तस्करहरुलाई नियन्त्रण गर्न सफल भएको छ । गए राति ट्रक गाडी सहित अबैध काठ बरामद गरेको छ।

सिन्धुली हरीहरपुर गडी गाउँपालिका वडा नम्बर ७ क्यानखोला स्थितमा प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी सहायक निरीक्षक हरेन्द्र कुमार ठाकुरको कमाण्डमा खटीएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रमममा वडाको पन्थचौरीबाट क्यानखोला तर्फ आउदै गरेको ना ७ ख ८३६२ न.को मिनि ट्रक पक्राउ गरेकाे हाे ।

प्रहरी टोलीलाई देख्ना साथ चालक फरार रहेकोले उक्त ट्रक गाडी शंका लागी चेकजाँच गर्दा चिरान गरेको साल जातको ७२ पिस काठ पनि बरामत गरेकाे हाे ।

उक्त काठ सहितको ट्रक नियन्त्रणमा लिई सब डिभिजन वन कार्यालयसँग समन्वय गरी मुचुल्का एवं नापजाँच गरी उक्त अवैध बरामद काठ ५२.१४ क्युफिट रहेको, आवश्यक प्रकृया पुरा गरी थप अनुसन्धान तथा कारर्बाहीको लागी मरिण डिभिजन वन कार्यालय, सिन्धुलीमा बुझाईएको  जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्‌ले बताए ।

यतिबेला जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाे प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्‌ले रहेका छन् । उपरीक्षक काफ्लेले सिन्धुलिकाे कमान्ड सम्हाले देखि विविध क्षेत्रमा उल्लेखनीय सुधारका कामहरु हुँदै आएकाे छ । प्रहरी संगठनभित्र उनी एक सफल प्रहरी अधिकृतकाे रुपमा चिनिन्छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083