बालेनको घरमा चोरीको आशंका
झ्यालको ग्रिल तोडफोड
वि.सं.२०८२ माघ १७ शनिवार १३:०७
975
shares
shares

काठमाडौँ। रास्वपाका वरिष्ठ नेता बालेन शाहको काठमाडौं मण्डिखाटारस्थित घरको झ्यालमा तोडफोड भएको छ ।
झ्यालको ग्रिल फुटाएको अवस्थामा देखिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । ‘ग्रिल फुटेको अवस्थामा भेटिएको छ,’ उनले भने, ‘आफन्तले जानकारी गराएपछि हामीले थप अनुसन्धान सुरु गरेका छौं ।
चोरी गर्ने नियतले नै झ्यालको ग्रिल तोडफोड गरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए । घटनाबारे शुक्रबार बेलुका जानकारी आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालेनले गत माघ ४ गतेदेखि उक्त घर भाडा लिएका हुन् ।
बालेन आसन्न प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रचारका लागि हाल उपत्यकाबाहिरका कार्यक्रममा व्यस्त छन् ।















