रोल्पामा जिप दुर्घटना : १ जनाको मृत्यु, १० घाइते
वि.सं.२०८२ फागुन १२ मंगलवार १४:३१
1.17K
shares
shares

१२ फागुन, रोल्पा । दाङबाट रोल्पातर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
मंगलबार बिहान दाङको घोराहीदेखि परिवर्तन गाउँपालिकाको बागमारा आउँदै गरेको लु १ ज ४८५४ नम्बरको टाटा सुमो रुन्टीगढी गाउँपालिका–५ खुम्बासमा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरीका अनुसार दुर्घटनामा परिवर्तन–६ की २४ वर्षीया विष्णुमाया बुढा मगरको मृत्यु भएको हो। जिपमा चालकसहित ११ जना सवार थिए।
दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















