गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्य : कोटेश्वर बहुमुखी क्याम्पस

गुणस्तरीय शिक्षाको विश्वसनीय केन्द्र : कोटेश्वर बहुमुखी क्याम्पस

1.33K
shares

काठमाडौ । काठमाडौं महानगरपालिका वडा नं. ३२, कोटेश्वर जडीबुटीमा अवस्थित कोटेश्वर बहुमुखी क्याम्पस एक उत्कृष्ट सामुदायिक तथा शैक्षिक रूपमा प्रतिष्ठित क्याम्पसका रूपमा परिचित रहेको छ। QAA प्राप्त यस क्याम्पसले लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै हजारौं विद्यार्थीहरुको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

विद्यार्थीमैत्री वातावरण, अनुभवी प्राध्यापक, आधुनिक शिक्षण प्रणाली तथा शैक्षिक अनुशासनका कारण क्याम्पस विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइ बन्न सफल भएको छ। यहाँ +२ तह अन्तर्गत Management , Humanities, Education र Law संकायमा अध्ययन अध्यापन हुँदै आएको छ।

प्रकाश पोखरेल पिएचडी क्याम्पस प्रमुखले गुणस्तरीय, व्यवहारिक तथा प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्नु क्याम्पसको मुख्य उद्देश्य रहेको बताउनु भएको छ। साथै विद्यार्थीको शैक्षिक, बौद्धिक तथा व्यक्तित्व विकासमा क्याम्पसले विशेष ध्यान दिँदै आएको छ। हाल नयाँ शैक्षिक सत्रका लागि भर्ना (Admission) खुला रहेको क्याम्पस प्रशासनले जनाएको छ। उत्कृष्ट शिक्षा हासिल गर्न इच्छुक विद्यार्थी तथा अभिभावकलाई समयमै सम्पर्क गरी भर्ना प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ।


divya collage
unigloble collage